गोरखा २९, भदौ । गोरखामा सोमबार थप ७ जना कोरोना संक्रमित भेटिएको छ । गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा जिल्लाको गोरखा र पालुङटार नगरपालिकामा थप ९ जनामा संक्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ९ः४५ बजे जारी गरेको सूचना बमोजिम गोरखा नगरपालिका १३ मा २९ बर्षिया १ जना महिला र ५२ बर्षको १ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी जिल्लाको पालुङटार नगरपालिकाको १ मा १५ बर्षिया १ महिला र १३ बर्षका २ पुरुष १४, १९ र २५ बर्षका पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गरी सोही नगरपालिकाको ५ को ५५ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ । उनी केही समय अगाडी मात्र भारतबाट फर्किएर धर्मावती माविको क्वारिन्टीनमा बस्दै आएका थिए ।
संक्रमित सबैलाइ गोरखा क्याम्पसका आइसोलेसनमा ल्याउने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो । यो सहित अब जिल्लामा कोरोना संक्रमितको संख्या २११ पुगेको छ ।