Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा प्रवक्ता श्रेष्ठद्धारा कोरोना उपचार केन्द्रित स्वयंसेवी समूह गठन (बिज्ञप्ति सहित)


2.2K
Shares

नेकपा प्रवक्ता श्रेष्ठद्धारा कोरोना उपचार केन्द्रित स्वयंसेवी समूह गठन (बिज्ञप्ति सहित)

गोरखा २८, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित हुने गरी आफ्नो सचिवालय अन्तर्गत स्वयंसेवी गठन गर्नुभएको छ ।प्रवक्ता श्रेष्ठले कोरोना संक्रमणको बिषम परिस्थितीमा श्रमिक, गरिब र असहाय समुदायलाई सहयोग आवश्यक रहेको भन्दै आफ्नो सचिवालय मातहत रहने गरी आज कोभिड–१९ स्वयं सेवा (सीभीएस) गठन गर्नुभएको हो ।

समितिले कोरोना संक्रमितको उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग, मनोसामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड–१९ को सचेतना चलाइने उहाँको सचिवालयले जनाएको छ ।त्यस्तै रोकथाम, नियन्त्रण र उपचारमा सम्बन्धी सरकारको नीति योजना र निर्देशनलाई मार्ग निर्देशन मानी त्यसलाई कार्यन्वयन गर्न समितिले सहयोग गर्ने प्रवक्ता श्रेष्ठको सचिवालयद्धारा आइतबार जारी बिज्ञप्तीमा उल्लेख छ ।

यसबाहेक संघीय सरकारलगायत तीनै तहका सरकार, सीसीएमसी, डीसीएमसी,स्वास्थ्य मन्त्रालयको काममा सहजीकरण गर्ने, सीभीसीका सदस्यहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कोभिड संक्रमणको सम्भावनालाई हेरेर कन्ट्याक ट्रेसिङ र पीसीआरमा सहयोग गर्ने जनाइएको छ । त्यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई थप उपचार तथा सहयोग आबश्यक परे सहजीकरण गर्ने र विदेशमा अलपत्र नेपाललाई सुरक्षित घर फर्काउन पनि समितिले सहयोग गर्ने जनाइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology