Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पृथ्वीराजमार्गको हिक्लुङघाट पुल नजिकै गाडी ठक्करबाट बालकको मृत्यु, राजमार्ग अबरुद्ध


1.4K
Shares

पृथ्वीराजमार्गको हिक्लुङघाट पुल नजिकै गाडी ठक्करबाट बालकको मृत्यु, राजमार्ग अबरुद्ध

धादिङ २८, भदौ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हिक्लुङघाट पुल नजिकै गाडीको ठक्करबाट आइतबार अपरान्ह्र एक बालकको मृत्यु भएको छ । पहिचान खुल्न नसकेको गाडीको ठक्करबाट अन्दाजी १२ बर्षका बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधनको पहिचान नभएकाले खोजी भइरहेको छ । गाडीको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकको नाम ठेगाना खुल्न सकेको छैन । घटनास्थलमा मृतकको शव राखेर स्थानीयले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

स्थानीयको अबरोधका कारण पृथ्वीराजमार्ग अबरुद्ध भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology