Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको आरुघाटमा कुकुरको टोकाईबाट चितुवा मारियो (फोटो फिचर)


4.3K
Shares

गोरखाको आरुघाटमा कुकुरको टोकाईबाट चितुवा मारियो (फोटो फिचर)

गोरखा २८, भदौ । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजिकै कुकुरले टोकेर मारेको अबस्थामा चितुवा फेला परेको छ । गोरखा तर्फको आरुघाट बजारबाट धादिङ तर्फको आरुघाट बजार जाने कच्ची सडक खण्डमा मृताबस्थामा चितुवा फेला परेको डिभिजन बन कार्यालय गोरखाका प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कुकुरको आक्रमणबाट मारिएको चितुवाको सव डिभिजन कार्यालयमा हाता भित्र व्यवस्थापन गरिदै

अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाईएको अनुसन्धानका लागि घटनास्थल पुग्नु भएका डिभिजन बन कार्यालय गोरखाका साहायक बन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो ।  ‘घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभुडी समेत निस्किएको अबस्थामा फेला परेको छ, उहाँले भन्नुभयो, चितुवालाई आक्रमण गर्ने २ वटा कुकुर गम्भिर समेत घाइते भएका रहेछन् ।’

जंगल नजिकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुनसक्ने साहायक बन अघिकृत नेपालीले बताउनुभयो । चारवटा बयस्क कुकुरहरुले मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उहाँले जानकारी दिनुभयो ।

चितुवालाई आक्रमण गर्दा घाइते भएको कुकुर

स्थानीयले राती नै थाहा पाएपछि घटनास्थलमा पुग्दा चितवा मरेको देखेर बन कार्यालयमा जानकारी गराएका थिए ।
बन कार्यालयको टोली सहित प्रहरी, जनप्रतिनिधी र स्थानीयको रहोबरमा मृताबस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरि सवडिभिजन बन कार्यालय ध्याम्पेसालमा परिष्रमा व्यवस्थापन गरिएको साहायक बनअधिकृत नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology