Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तीन दिनदेखि बेपत्ता बोर्लाङका ३३ बर्षिय युवकको शव फेला


1.6K
Shares

तीन दिनदेखि बेपत्ता बोर्लाङका ३३ बर्षिय युवकको शव फेला

तस्विर : बिपिन श्रेष्ठ

गोरखा २८, भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–८ भदुवारथोकका एक युवकको शव फेला परेको छ । गएको ३ दिनदेखि घरबाट निस्किएर हिडेका स्थानीयबासी गोरे दमाई भनिने ३३ बर्षका उमेश परियारको शव घर नजिकै पर्ने सिमलकुवा भन्ने ठाउँमा भीरमा फेला परेको प्रहरीले जनाएको छ ।

उनि २६ गतेराती ११ बजेघरबाट निस्किएर हिडेको परिवारको भनाई उदृत गर्दै स्थानीबासी बिपिन श्रेष्ठले जानकारी दिनुभयो । ‘हराएदेखि नै सवैतिर युवकको खोजी भइरहेको थियो, उहाँले भन्नुभयो, तर फेला पार्न सकिएको थिएन् आज बिहान एक्कासी घर नजिकैको सिमलकुवाको नजिकै भीरमा उनको शव फेला परेको हो ।’

शव निक्कै अफ्ट्यारो ठाउँमा रहेकाले निकाल्न समेत गाह्रो परेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology