गोरखा २८, भदौ । उर्जामन्त्री बर्षमान पुन (अन्नत) ले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङलाई नै नियक्त गर्न प्रस्ताव लैजाने तयारी गर्नुभएको छ । आज बस्ने मन्त्रीपरिष्दको बैठकले घिसिङमा पुनः कार्यकारी निर्देशनमा नियुक्त गर्ने तयारी स्वरुप उर्जामन्त्री पुनले म्याद थपको तयारी सहित प्रस्ताव लैजान लाग्नु भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार निवर्तमान निर्देशक कुलमान घिसिङलाई नै पुनःनियुक्त गर्ने कि प्राधिकरणकै नायब निर्देशकहरूबाट रोल क्रममा रहेको सिनियर अधिकृतलाई कार्यकारी निर्देशकमा नियुक्त भन्ने बारे आज बस्ने मन्त्री परिषदको बैठकले निर्णय गर्ने उर्जा मन्त्रालय स्रोतले जनाएको छ ।