गोरखा २८ भदौ । गोरखाको विभिन्न स्थानमा आज थप ७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिका ७ का १ जना, गोरखा सदरमुकाम स्थित नापी कार्यालयका १ जना, भीमसेन थापा गाउँपालिकाका ४ जना र धार्चे गाउँपालिका ३ खोर्ला गाउँका १ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
भीमसेन थापा गाउँपालिका– ७ र ८ बोर्लाङमा कोरोना संक्रमण पुष्टी भएका ३ जना चितवनबाट सुत्केरी गराएर फर्किएकाहरु रहेको पाइएको भीमसेन थापा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । वडा नम्बर ७ की अर्की संक्रमण पुष्टी भएकी महिला केहीदिन अघि संक्रमणको पुष्टी भएका ४२ बर्षिय पुरुषको परिवार भित्रको रहेको पाइएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिका ७ को १ जना कन्ट्रयाक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका व्यक्ति हुन् । धार्चे गाउँपालिका ३ खोर्ला गाउँका पुरुष भने भाद्र १९ गते सदरमुकाममा रहेको होटल सत्यममा बसेका व्यक्ति भएको स्वास्थ्यशाखाले जानकारी दिएको छ ।
भारतको गुजरातमा रोजगारीको लागि बसेका र त्यहीका भारतीय परिवारका सबैलाई कोरोना पुष्टी भए पछि नेपाल आएका ब्यत्ति भएको खोलागाउँबाट उहाँका आफन्तले टेलिफोन मार्फत जानकारी गराएको छ ।