गोरखा २८ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ का ४ जनामा एकै दिन कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको बिज्ञप्तीमा वडा न ७ का २८ बर्षका एक पुरुष तथा बर्ष २८ र बर्ष ३३ की २ जना महिलामा कोरोना संक्रमणको पुष्टी भएको जनाएको हो । संक्रमित २८ बर्षका पुरुष र महिला श्रीमान श्रीमती हुन् ।
उनिहरु चितवनबाट सुत्केरी गराएर केही समय अघि गाउँ फर्किएका थिए । त्यस्तै वडा नम्बर ७ की अर्की संक्रमित ३३ बर्षकी महिला केही समय अघि संक्रमण पुष्टी भएका बोर्लाङ ठाँटी बजारका ४२ बर्षिय पुरुषको परिवार भित्रको रहेको पुष्टी भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ८ की २५ बर्षकी महिला वडा नम्बर ७ का चितवनबाट सुत्केरी गराएर फर्किएकाको आफ्न्त भएको खुलेको हो । उनि भाउजुको सुत्केरी गराउन चितवन पुगेर संगै फर्किएकी थिइन् ।