Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको बोर्लाङमा १६ लाखको लगानीमा व्यवसायिक अुदवा खेती


8.4K
Shares

गोरखाको बोर्लाङमा १६ लाखको लगानीमा व्यवसायिक अुदवा खेती

गोरखा २८, भदौ । गोरखाको भीमसेन थापा गाउँपालीका वडा नं ७ र ८ मा नारायणपुरमा अदुवा खेती बिस्तार गरिएको छ । अदुवाको पकेट क्षेत्र घोषणा गरिएका ति क्षेत्रमा कृषि ज्ञान केन्द्र गोरखाको साझेदारीमा करिब २ सय रोपनि जमिनमा अदुवा खेती गरिएको नारायणपुर कृषि सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । “कृषि ज्ञान केन्द«को ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा हामीले अदुवा खेती बिस्तार गरेका हौ” उहाँले भन्नुभयो ।

नारायणपुर अदुवा पकेट क्षेत्र सञ्चालक समितिले १६ लाखको लगानीमा नारायणपुर, लेखापाखा, ऐरीभञ्ज्याङ, सिमलटार, क्यामुन्टार लगायतका स्थानमा अदुवा खेती गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँका अनुसार नारायणपुरमा मात्र १७ रोपनि क्षेत्रफलमा अदुवा खेती थालेको उहाँले बताउनुभयो ।सबै स्थानमा आधुनिक पद्धतीबाट अदुवा खेती गरिएको उहाँको भनाई छ ।

भीमसेन थापा गाउँपालीका ७ र ८ मा अदुवा उत्पादन राम्रा हुने भएकाले अदुवाको पकेट क्षेत्र अन्तरगतको कार्यक्रम लागु भएको नारायणपुर अदुवा पकेट क्षेत्र सञ्चालक समितिका संयोजक रेवती प्रसाद गोतामेले जानकारी दिनुभयो । पकेट क्षेत्रका किसानहरुलाई ४ वटा हाते ट्याक्टर, स्प्रे १० वटा र अदुवाका लागी आवश्यकता अनुसार औषधि बिषादी समेत वितरण गरेको उहाँले बताउनुभयोे । “अहिले बर्षाको समयमा आकाश बाट नै पर्ने पानी पर्याप्त भएपनि हिउँदको समयमा खडेरी पर्न सक्छ, त्यसैले सिंचाइको लागी पाइप समेत उपलब्ध गराईएको छ ।

” संयोजक गोतामेले भन्नुभयो । उहाँका अनुसार नारायणपुरमा अदुवा संकलन केन्द्र समेत निर्माण गरिएको छ । यस बर्ष उत्पादन गरिएका सबै अदुवा बिऊका रुपमा प्रयोग गरिने संयोजक गोतामेले बताउनुभयो । “अहिले अदुवा बारीमा झार उम्रिएकाले हामीले गोडमेलमा बिशेष ध्यान दिएका छौ” उहाँले भन्नुभयो । अदुवा खेतीको गोडमेल र अवस्थाका बारेमा भिमसेन थापा गाउँपालीका ७ का वडा अध्यक्ष र वडा सदस्यले समेत अनुगमन गर्नुभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology