Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिद लखनको १० दिने प्रबिधिमैत्री तालिम सम्पन्न, प्रबिधिमैत्री शिक्षण सिकाईमा मन्त्री थापाको जोड


2K
Shares

शहिद लखनको १० दिने प्रबिधिमैत्री तालिम सम्पन्न, प्रबिधिमैत्री शिक्षण सिकाईमा मन्त्री थापाको जोड

भदौ २७ गोरखा ।गण्डकी प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले प्रबिधिमैत्री शिक्षण सिकाईमा प्राथामिकता दिनुपर्नेमा जोड दिनुभएको छ । अहिलेको विषम परिस्थितीमा प्रविधिबाट ज्ञानको हस्तान्तरण गर्नुपर्ने बेला उहाँले बताउनुभयो ।

जिल्लाको शहिद लखनगाउँपालिकाले शिक्षकहरुलाई दिएको प्रविधिमैत्री तालिमको समापन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो ।‘सबै विद्यालयमा इन्टरनेट सुविधा पुर्याउन सरकार लागिरहेको छ । थोरै विद्यार्थीहरु भएका स्थानमा भौतिक दुरी कायम गरेर पठनपाठन गर्न गराउन सकिन्छ ।’ उहाँले भन्नुभयो ।

एक वर्षको सिकाइलाई ६ महिनामा कसरी सक्ने भन्ने विषयमा पाठ्यक्रमलाइ कस्टोमाइज गरेर लैजानुपर्ने मन्त्री थापाले जोड दिनुभयो । कोरोना सङ्क्रमण नभएका स्थानमा पालिकाहरुले सिकाइ प्रक्रिया अघि बढाउनुपर्छ ।

सबै शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छ, शहिद लखनले पालिका भरीका झण्डै ३०० शिक्षकहरुलाइ १० दिन सम्म जुन ज्ञान सीप प्रदान गर्यो त्यो प्रसंसनीय छ, उहाँले भन्नुभयो, ‘भद्दा पाठ्यक्रमलाइ छोटो बनाइ सिकाइ अघि बढाउनु अहिलेको आबश्यकता हो ।’

तालिमको सहजिकरण प्रविधिमैत्री शिक्षक समाज गोरखाले गरेको शहिद लखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो ।पालिकाले साक्षरता दिवसको अवसर पारेर भदौ २३ गतेदेखि कक्षा ११ र १२ को पढाइ सूचनाप्रविधि मार्फत सुरु गरिसकेको प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology