गोरखा २७, भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्ट जनताको जीवन र जिविकोपार्जन भन्दा माथि शहरी सौन्दर्य हुन नसक्ने बताउनु भएको छ । काठमाण्डौ महनगरपालिका लगायतले फुटपाथ व्यवसायीहरुलाई हटाउने चर्चा चलिरहेका सामाजिकमा ट्विट गर्नुहुदै डा. भट्टराईले त्यसलाई हटाउने भन्दा पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘अनौपचारिक (व्यवसाय फूटपाथ पसल र ठेला व्यापार) हाम्रो जस्तो प्रारम्भिक शहरीकरण र औद्योगीकरण भैरहेको समाजका अभिन्न अंग हुन्, यिनलाई हटाउने हैन व्यवस्थापन गर्ने र क्रमश अन्य व्यवसायमा रूपान्तरण गर्दै जाने हो ।’ उहाँले ट्विटमा उल्लेख गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फूटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन भन्दै सबैतिर मास्क लगाउन र अनिबार्य मिटरको दूरी कायम तथा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभएको छ ।