गोरखा २७, भदौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा दुई जनामा कोरोना भाइरस संक्रमण देखिएपछि पालिकाको वडा नम्वर ३ स्वाँरा र ४ सौरपानी सिल गरिएको छ ।
शुक्रबार साँझ गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले विज्ञप्ती जारी गर्दै सम्भावित जोखिम न्यूनिकरण र संक्रमण फैलिन नदिन सौरपानी बजार क्षेत्रमा निषेधाज्ञा जारी भएको जानकारी गराउनु भएको छ
पालिकाले पहिलो पटक वडाहरु सिल गरेको हो । यस अघि पालिका भित्र गाउँमा सङ्क्रमण नदेखिएको पालिकाले जनाएको छ । आज कोरोना पुष्टि भएका पुरुषको भ्रमण इतिहास समेत स्पष्ट नभएकाले दुइवडा सिल गर्नुपरेको पालिका स्रोतले जानकारी दिएको छ ।
