गोरखा २६ भदौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका शुक्रबार थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । गाउँपालिकाको वडा नम्बर ३ कि ५०बर्षिय र वडा नम्बर ४ का २५ बर्षिय पुरुषमा संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । उनिहरुको गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रमा स्वाब परिक्षण गरिएको थियो ।