Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका प्रमुख जिल्ला अधिकारीको सुरक्षामा खटिएका २ प्रहरीमा कोरोना संक्रमण


2.1K
Shares

गोरखाका प्रमुख जिल्ला अधिकारीको सुरक्षामा खटिएका २ प्रहरीमा कोरोना संक्रमण

गोरखा २६, भदौ । जिल्ला प्रसासन कार्यालय गोरखामा कार्यरत २ प्रहरीमा कोरोना संक्रमणको पुष्टी भएको छ । प्रमुख जिल्ला अधिकारीको सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको हो ।

संक्रमितहरुमा २७ र ३६ वर्षका दुई पुरुष रहेको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिनुभयो । यस अघि प्रमुख जिल्ला अधिकारीको सवारी चालकमा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यस्तै गोरखा नगरपालिका–६ का एक पुरुषमा पनि कोरोना पुष्टी भएको उहाँले जानकारी दिनुभयो ।

‘उहाँ आफैले चाहेर स्वांब दिनुभएको थियो, शाखा प्रमुख रेग्मीले भन्नुभयो, संक्रमण पुष्टी भएका व्यक्ति कन्ट्रयाक्ट ट्रेसिङमा परेको र क्वारेन्टिनमा रहेका व्यक्ति पनि होइनन् ।’ यस अघि आज दिउँसो पनि जिल्लाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिका ३ जनामा महिलामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology