Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकामा निषेधाज्ञा भदौ ३१ गतेसम्म थप गर्ने निर्णय


1.9K
Shares

गोरखा नगरपालिकामा निषेधाज्ञा भदौ ३१ गतेसम्म थप गर्ने निर्णय

गोरखा २६, भदौ ।  गोरखा नगरपालिकामा जारी निषेधाज्ञा भदौ ३१ गतेसम्म कायम राख्ने निर्णय भएको छ । कोरोना भाइरस रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको शुक्रबार भएको भर्चुअल मिटिङबाट नगरपालिका जारी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो।

बैठकले जिल्ला भित्र संक्रमितको संख्या बढदै गएकाले निषेधाज्ञा खुकुलो पार्न नहुने निर्णय गरेको जनाइएको छ । निषेधाज्ञा अबधी भर गोरखा नगरपालिका क्षेत्रमा जथभावी आउजाउनमा कडाई गरिदै आएको छ । त्यस्तै अत्याबश्यक बाहेका सवारी साधन, बजार पसल समेत बन्द गरिदै आएको छ ।

गएको आइतबारदेखि भोली १२ बजेसम्मका लागि शनिबार बैठकबसी नगरपालिका भित्र निधेषाज्ञा गरि गरिएको थियो । गोरखा नगरपालिका नगरपालिकाको वडा नम्बर १२, १०, ८ , ६, ७ लगायतका कोरोना संक्रमण फैलन थालेपछि नगरक्षेत्र भित्र गएको आइतबारदेखि निषेधाज्ञा लागू गरिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology