Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

बाह्रकिलो क्षेत्रबाट अबैध नदीजन्य पर्दाथ ओसारपसारमा संलग्न २ सवारी साधन नियन्त्रणमा


1.7K
Shares

बाह्रकिलो क्षेत्रबाट अबैध नदीजन्य पर्दाथ ओसारपसारमा संलग्न २ सवारी साधन नियन्त्रणमा

गोरखा २५ ,भदौ ।  गोरखा नगरपालिका वडा नम्बर १२ स्थित बाह्रकिलो क्षेत्रबाट प्रहरीले अबैध नदीजन्य पर्दाथ ओसार पोसार गर्ने २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

नदीजन्य पर्दाथको अबैध ओसारपोसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बिहिबार लु १ त ५६७३ र ग १ त ५२५६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुवै सवारी सधानलाई अबैध बालुवा सहित नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको सवारी सधानलाई आबश्यक कारवाहीका लागि गोरखा नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology