गोरखा २५, भदौ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ ले वडा भित्र समुदायमा नै कोरोना पोजिटिभ देखिएको वडा अन्र्तगतको खस्टार क्षेत्र सिल गरेको छ । वडा कार्यालय आज एक सूचना जारी गर्दै वडा भित्र पर्ने लम्बु खोलादेखि ड्रमिखोलासम्मको क्षेत्र सिल गरिएको जनाएको छ ।
वडासचिव सुस्मिता पौडेलद्धारा जारी सूचनामा सिल गरिएको क्षेत्र बाहेक वडा भित्रका सवै ठाउँमा अत्याबश्यक बाहेका कुनैपनि पसलहरु तथा कार्यालयहरु अर्को सूचना जारी नहुदासम्मका लागि बन्द गर्न सवैलाई आग्रह गरिएको छ ।
त्यस्तै वडा भित्रका सम्पूर्ण नागरिकहरुलाई अत्याबश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सम्पूर्ण वडाबासीलाई वडा कार्यालयले आग्रह गरेको छ ।
