भदौ २५ गोरखा ।
गोरखाको शहिदलखन गाउँपालिका– ७ बुङ्कोट स्थित मकैपुरमा रहेको नेपाल टेलिकमको टावरले ‘फोर जी’ सेवा सुरु गरेको छ । बुधवारदेखि उक्त टावरबाट ‘फोर जी’ सेवा सुरु भएको र आसपासका बुङ्कोट, बोर्लाङ, मकैसिंङ, अश्राङ लगायत क्षेत्रमा इन्टरनेट सहजै चल्ने टेलिकमले जनाएको छ ।
‘फोर जी’ नेपाल टेलिकमको मोवाईलमा चल्ने दु्रत इन्टरनेट सेवा हो । ‘हामीले १४ वटा टावरबाट फोर जी सुरु गरेका छौ’ नेपाल टेलिकम गोरखा स्थित कार्यालय प्रमुख चन्द्रबहादुर श्रेष्ठले भन्नुभयो ‘अब १८ वटा टावरलाई फोरजीमा लैजाने गरी काम भईरहेको छ ।’
भच्चेक टावरमा फोर जी सुरु भईसकेको र लाप्राक, उहिया केरौँजा टावरबाट पनि फोर जी छिट्टै सुरु हुने उहाँले बताउनुभयो तल्लो क्षेत्रका अधिकास टावरबाट ‘फोर जी’ सुरु गर्ने तयारी रहेको टेलिकमले जनाएको छ ।