गोरखा २४, भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ ठाँटी बजारका कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको पहिचान गरि बुधबार (आज) स्वांब संकलन गरिएको छ । वडा कार्यालय र गाउँपालिकाको समन्वयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमित ४२ बर्षिय पुरुषको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा उनको सम्र्पकमा पुगेका १९ जनाको स्वांब संकलन गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
‘संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वांब संकलन गर्ने काम सकिएको छ, उहाँले भन्नुभयो, संकलन गरिएको सवैको स्वांब कोरोना परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भईरहेको छ ।’ त्यस्तै आज नै दुवईबाट फर्किएर होम क्वारेन्टिनमा बस्दै आएका वडा नम्बर ८ बोर्लाङका १ जना, साउदीबाट फर्किएका १ जना र चितवनबाट उपचार गरिे फर्किएका ५ जनाको पनि कोरोना परीक्षणका लागि स्वांब लिइएको जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले जानकारी दिनुभयो ।
उनिहरु सवै होम क्वारेन्टिनमा बस्दै आएका छन् । कन्ट्रयाक्ट ट्रेसिङ र होम क्वारेन्टिनमा बसेका गरि १२ पूरुष र १४ महिलाको स्वांब लिइएको उहाँले जानकारी दिनुभयो । यसै बिच स्वांब लिएकाहरुलाई रिर्पोट नआउदासम्मका लागि अनिबार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको वडाध्यक्ष श्रेष्ठल जानकारी दिनुभएको छ ।
‘टोलसुधार समितिले, वडा कार्यालय मिलेर सवैलाई होमक्वारेन्टिनमा बस्न, जथाभावी घर बाहिर ननिस्कन समेत आग्रह गरिरहेका छौ, उहाँले भन्नुभयो, सम्भावित संक्रमण रोक्नका लागि वडा कार्यलयले सक्दो प्रयास गरिरहेको छ ।’ बोर्लाङ संक्रमित पुरुष यही भदौ १८ गते काठमाण्डौको छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालमा बुवाको उपचार गरि घर फर्किएपछि कोरोना पुष्टी भएको थियो ।