गोरखा २४, भदौ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पालिका भित्रका बिपन्न समुदायको आयआर्जन बढाउन सहयोग पु¥याउने उद्देस्यले अनुदानमा खरायो बितरण गरिएको छ । गाउँपालिका भित्रका बिपन्न, जेष्ठ नागरिक, एकल महिला र अपंगता भएका परिवारको आर्थिक आयआर्जन बढाउन प्रति परिवार ३ वटा खरायो बितरण गरिएकोे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
‘खरायोबाट छिटो आम्दानी गर्न सकिने र यो क्षेत्रमा यसको माग पनि बढी भएकाले उहाँहरुलाई पालनका लागी खरायो उपलब्ध गराएको हो, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, अहिलेलाई प्रतिपरिवार २ वटा पोथी र एउटा भाले खरायो अनुदानमा बितरण गरिएको छ ।’ पूर्णिमा परियोजनाको सहयोगमा बिपन्न समुदायको जिविकोपार्जन कार्यक्रम अन्र्तगत पालिका भित्रका ३२ घरधुरी परिवारलाई खरायो बितरण गरिएकोे उहाँले बताउनुभयो ।

‘अनुदानमा उपलब्ध गराइएको खरायो चिन्चिला र अङ्खोरा जातको खरायो हो, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, यो जातको खरायो मासु खानका लागि उपयुक्त हुने र बजारमा माग पनि बढी भएकाले उपयुक्त हुन्छ भन्ने लागेर बाँडिएको हो ।’ यि जातका एकै पटकमा खरायोले ६ वटादेखि १० वटासम्म बच्चा पाउने भएकाले उत्पादन छिटो हुने उहाँको भनाई छ । यसबाट उत्पादन पनि छिटो हुने बजारमा माग पनि बढी र थोरै लगानीमा राम्रो आम्दानी पनि हुने उहाँको भनाई छ ।
खरायो बितरणका लागि पूर्णिमा परियोजनाको १ लाख ९२ हजार रुपैयाँ बराबरको सहयोग रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘परियोजनाको आयआर्जन बृद्धिका लागि अनुदान सहयोग कार्यक्रम रहेछ, हामीले छिटो आर्यआर्जन के हुन्छ भनेर अध्ययन गर्दा थोरै लगानीमा त्यही नै बढी उपयुक्त देख्यौ र खरायो बितरण गर्ने निस्कर्षमा पुगिएको हो । उहाँले भन्नुभयो ।यसबाट बिपन्न परिवारलाई जिविकोपार्जनमा मद्धत बिश्वास लिइएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।