Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ


2.4K
Shares

कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ

काठमाण्डौ २४, भदौ । कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ परेका छन् । हवाली गभर्नोरेट सुरक्षा निर्देशनालयका सुरक्षाकर्मीले छापा मारेको जनसुरक्षा क्षेत्रका उपसचिव जनरल फराज अल जौबी बताउनुभयो ।

कुवेतको जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सञ्चालन गर्ने २ महिलासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरु श्रीमान–श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली तथा भारतीय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण विवरण नखुलाएको अरब टाइम्सले जनाएको छ ।

मदिरा उत्पादन केन्द्रबाट एक सय ७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ गरिएको जनाएको छ । यसै हप्ता पनि अबैध मदिरासहित दुई नेपालीलाई पक्राउ गरेको थियो । कुवेतमा मदिरा बिक्री वितरण अवैधानिक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology