गोरखा २३ भदौ । कोरोना कहरका बिच गोरखामा जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का बैकल्पिक पोलिटव्युरो सदस्य सुरेश बाग्ले ‘बासु’ र नेता भिमसेन पोखरेल ‘बैरागी’ स्मृती दिवस आज मनाएको छ । स्मृति दिवसको अबसरमा पारेर सामाजिक दुरी कायम गरि सामान्य कार्यक्रमका बिच जिल्लाका बिभिन्न ठाउँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा स्मृति दिवस मनाइएको पार्टीका गोरखा जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभयो ।
जिल्ला पार्टीको आयोजनामा पार्टी कार्यालय पाटेचौरमा पनि बिहान शहिदको तस्विरमा माल्र्यापण गरिएको उहाँले बताउनुभयो । । सोही अबसरमा नेकपा पालुङटार नगर कमिटीले आज सहिद पार्क हर्मीकोटमा स्मृतिसभाको आयोजना गरेको छ । कार्यक्रममा नेकपाका प्रदेश सदस्य जुद्धविलास भण्डारी, नगर अध्यक्ष विवस चिन्तन लगायतले जनयुद्धका सहित बासु र बैरागीको तस्वीरमा माल्र्यापण गर्नुभयो ।
जिल्लाभरी हरेक बर्ष भव्य रुपमा बासु स्मृति दिवस मनाउने गरिएको भएपनि यो बर्ष भने कोरोना संक्रमणको जोखिमका कारण जिल्ला पार्टी, स्थानीय पार्टी कमिटिको आयोजनामा माल्र्यापण लगायतका सामान्य कार्यक्रम शहिदको सम्झना गरिएको नेकपा गोरखाले जनाएको छ । २०४७ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा कम्युनिष्ट राजनीतिमा होमिनु भएका नेता वाग्ले माआबोदीले जनयुद्धको थालनी गरेसंगै भूमिगत हुनुभएको थियो ।
१७ बर्षसम्म शिक्षण सेवामा बिताउनु भएका नेता वाग्ले पार्टी भित्र बैचारिक, सांगठनिक र दृढ संकल्प भएको नेताका रुपमा चिनिनुहन्थ्यो । गोरखाको आपँपिपल गां.वि.सको रातडाँडा भन्ने ठाउँमा बि.स २०१० साल भाद्र २४ गते जन्मिनु भएका नेता वाग्ले सानै देखि बिद्रोही स्वभावको हुनुहन्थ्यो । बि.स २०५६ साल भदौ २३ गतेका दिन बिरामी अबस्था रहुन भएका नेता वाग्लेलाई पार्टी कामका शिलशिला रहनु भएका बेला गाँखु गा.वि.समा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।