काठमाण्डौ २३, भदौ । बलिउड अभिनेता सुशान्त सिंह आत्माहत्याको दुरुत्साहन मुद्दामा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले चक्रवर्तीलाई मंगलबार पक्राउ गरेको हो ।
अभिनेत्री चक्रवर्ती अभिनेता राजपुतकी प्रेमिका समेत हुन् । बयानका लागि आज एनसीबी पुगेकी चक्रवर्तीलाई ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले नियन्त्रणमा लिएको हो ।एनसीबीले उनिमाथी धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ ।