दीपक श्रेष्ठ
भीमसेन थापा गाउँपालिका–७ गोरखा
आफै बनाउछु नियम कानुन,आफै तोड्छु म
जो मन लाग्छ मलाई यहाँ, गरेरै छोड्छु म
मैले भनेको मान्नै पर्छ अरुले, मैले किन मान्नुपर्छ
अरे यार डिठ्ठा हु म यहाँको, मेरो डाह गरेर हुन्छ
कस्ले कारबाही गर्छ मलाई, गरेर देखाउ नत
सक्छौ भने म जस्तै, छाडा भएर देखाउ नत
मैले पो भन्ने हो अरुलाई, अरुले मलाई भनेर हुन्छ ?
अरे यार डिठ्ठा हु म यहाँको, मेरो डाह गरेर हुन्छ
न लाग्छ कोरोना न सर्छ कोरोना, मैले जे जे गरेपनि
म बाँच्न पाए भइहाल्यो क्यारे, के मतलब अरु मरेपनि
मलाई पो छुट छ कानुन नमान्ने, अरु कसलाई छुट छ ?
अरे यार डिठ्ठा हु म यहाँको,मेरो डाह गरेर हुन्छ