Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कर्णाली प्रदेश सभा सदस्य श्रेष्ठलाई कोरोना सङ्क्रमण


2.4K
Shares

कर्णाली प्रदेश सभा सदस्य श्रेष्ठलाई कोरोना सङ्क्रमण

जुम्ला २२, भदौ । कर्णाली प्रदेश सभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना संङ्क्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा उहाँलाई संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि होम आइसोलेनमा बसेको सांसद श्रेष्ठले बताउनुभएको छ । उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण गरिएको र नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पुष्टि समेत गरेको छ ।

टेलिफोनमा सांसद श्रेष्ठले आफु अहिले जुम्लामा भएको वेला स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको र अहिले होम आईसुलेशनमा बसिरेहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology