Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाबाट २४ घण्टामा थप ११ जनाको मृत्यु, ९७९ जनामा संक्रमण


2.6K
Shares

कोरोनाबाट २४ घण्टामा थप ११ जनाको मृत्यु, ९७९ जनामा संक्रमण

काठमाण्डौ २२, भदौ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हिजो मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको छ । यससँगै कुल सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology