गोरखा २२, भदौ । गोरखा नगरपालिका–६ स्थित पाटेचौर टोल सुधार समितिले वडा भित्र कोरोना संक्रमित भेटिन थालेपछि टोलभित्र आवाजजावतमा कडाई गर्ने निर्णय गरेको छ । आज बसेको टोल सुधार समिति र गुर्खाज युनाईटेड क्वलको संयुक्त बैठकले टोल भित्र पर्ने उत्तर तर्फ खाद्य संस्थान, दक्षिणमा ध्याम्पेसालचोक पश्चिममा बिसौनी मोड तथा पूर्वमा हस्पीटल चोकसम्म आउजाउमा कडाई गर्ने निर्णय गरेको हो ।
बैठकले तोकिएको ४ किल्ला भित्रका घरधनी तथा भाडामा बस्ने जो कोही नागरिकहरु बाहिरी जिल्ला तथा जिल्ला भित्रकै स्थानीय तह भित्र आउजाउ गर्नुपरेमा समेत अनिबार्य जानकारी गराउनु पर्ने निर्णय गरेको स्थानीयबासी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै टोलबाहिर अन्य जिल्ला र अन्य गाउँपालिका गएर फर्किएको खण्डमा अनियर्बाय ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि टोलसुधार समितिले गरेको उहाँले बताउनुभयो । बैठकले टोलभित्रका बासिन्दालाई धारामा पानी लिन जाँदा समेत अनिबार्य सामजिक दुरी कायम गर्ने स्थानीयबासीलाई आग्रह गरेको छ ।