गोरखा २२, भदौ । जिल्ला प्रसासन कार्यालय गोरखाले कार्यलयका सवारी चालकमा कोरोना संक्रमणको पुष्टी भएपछि आजदेखि कार्यालयबाट दिदै आएको सवै सेवासुबिधा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई एक सूचना जारी गर्नुहुदै अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रसासन कार्यालयले दिदै आएको अत्याबश्यक सेवा कार्यालयबाट उपलब्ध गराउन बन्द गरेको हो ।
सूचनामा अत्याबश्यक प्रयोजनका लागि बिरामी उपचार, मृत्यसंस्कार, सरकारी कामकाज, बिदेशजाने व्यक्ति लगायतका बिबिध काममा जिल्ला बाहिर जानै पर्ने आबश्यकत भए अर्को व्यवस्था नहुदासम्मका इमेल मार्फत सहजीकरण गर्ने जनाइएको छ । त्यसका लागि निवेदकले sawaripassgorkha@gmail.com मा इमेल गर्न पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले सूचना मार्फत आग्रह गर्नुभएको छ ।
त्यसका लागि कुनै समस्या परेमा प्रमुख जिल्ला अधिकारीको मोवाई नम्बर ९८५६०५७७७७, साहायक प्रमुख जिल्ला अधिकारीको मोवाईल नम्बर ९८५६०–५७७७८ र प्रशासिकय अधिकृतको मोवाईल नम्बर ९८५०५७७८० मा सम्र्पक गर्न भनिएको छ ।