Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीमसेन थापा गाउँपालिका ७ बोर्लाङ भदौ मसान्तसम्म सिल


8.7K
Shares

भीमसेन थापा गाउँपालिका ७ बोर्लाङ भदौ मसान्तसम्म सिल

बिमल श्रेष्ठ

भदौ २२, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङमा आइतबार स्थानिय ४१ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएसंगै भदौ महिनाको मसान्तसम्म सिल गरिने भएको छ । आज बसेको वडाको बैठकले अमला भञ्ज्याङदेखि ठाँटी माँझ गाउँ हुदै पौवाली छापसम्म भदौं ३१ गतेसम्म सिल गर्ने निर्णय गरेको वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिका संग समन्वय गरि संक्रमितको नजिक सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरि पिसिआर परीक्षण गर्न पहल गर्ने निर्णय समेत बैठकले गरेको उहाँले बताउनुभयो । वडाले संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुको निगरानी गर्ने, सामाजिक दुरी कायम गरेर मात्रै गतिविधि गर्ने, जाँड रक्सि जुवा तास, क्यारेमबोड तथा फुटबल भलिबल जस्ता गतिविधिहरुलाई कडाइका साथ बन्द गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य संस्था र नियमित खोप कार्यक्रम भने सञ्चालन हुने, अति आवश्यक परेमा मास्क प्रयोग गरेर मात्र स्वास्थ्य संस्थामा जानका लागी टोल सुधार समितिबाट माइकिङ्क गरिने उहाँको भनाई छ । आइतबार एक व्यक्तिमा कोरोना संक्रमण देखिए सगै आगामी दिनमा वडा भित्र रहेका गाउँ टोल बासिहरुलाई थप सावधानी अपनाउन समेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology