गोरखा २२, भदौं । गोरखामा सोमबार कोरोना संक्रमण पुष्टी भएका १६ जना मध्ये ४ जना सरकारी कर्मचारी रहेको खुलेको छ । संक्रमण पुष्टी भएका गोरखा नगरपालिका वडा नम्बर ८ का बर्ष ५६, ३०, ३४ बर्षका ३ पूरुष २८ बर्षका एक महिला सरकारी कर्मचारी रहेको खुलेको हो ।
उनिहरु मध्ये एकजना जिल्ला प्रसासन कार्यलयका कर्मचारी, एकजना राष्ट्रिय अनुसन्धानमा कार्यरत कर्मचारी, अर्का एक जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी रहेका पाइएको हो । अर्का संक्रमित महिला कर्मचारी भने गोरखा अस्पतालमा कार्यरत रहेको पुष्टी भएको छ ।
अस्पतालमा कार्यरत महिलाको श्रीमानमा पनि कोरोना पुष्टी भएको स्रोतले जनाएको छ । सोमबार नै कोरोना पुष्टी भएका वडा नम्बर ७ का कोरोना संक्रमित भने शनिबार मृत्यु भएकी ७५ बर्षिय महिलाको आफ्न्तहरु रहेको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिनुभयो ।