Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा पहिलो पटक एक पुरुषमा कोरोना पुष्टी


9.1K
Shares

भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा पहिलो पटक एक पुरुषमा कोरोना पुष्टी

गोरखा २१, भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा पहिलो पटक एक पूरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । काठमाण्डौ छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालमा बुवाको उपचार गराएका फर्किएका ठाँटीबजारका ४१ बर्षिय पुरुषमा आइतबार कोरोना भाइरस (कोभिड १९) को संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

पूर्व नेपाली सेनामा कार्यरत उनले छाउनी अस्पतालमै कोरोना परीक्षणका लागि स्वांब दिएका थिए । संक्रमित पुरुषसगै फर्किएका उनका बुवाको भने कोरोना परीक्षण नभएको पाइएको उहाँले बताउनुभयो । उनिहरु दुवै जना बावुछोरा यही भदौ १८ गते काठमाण्डौबाट एम्बुलेन्समा गोरखासम्म आएको खुलेको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘उपचारका लागि काठमाण्डौ गएको जानकारी गराएका थिए, उहाँले भन्नुभयो, तर फर्किएको भने वडा कार्यालयलाई जानकारी समेत दिएका थिएनन्, शनिबार मात्र आएको थाहा पाएर म आफै घरमा गएर क्वारेन्टिनमा बसे नबसेको जानकारी लिएको थिए ।’ ति पूरुषमा संक्रमणको पुष्टी भएपछि परिवारका अन्य सदस्यहरुलाई समेत तत्काल क्वारेन्टिनमा रहन आग्रह गरिएको जनस्वास्थकर्मी प्रितम श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमितको सम्र्पकमा रहेका परिवारका सदस्य सहित अन्यको कन्ट्रयाक्ट ट्रेसिङको तयारी समेत भइरहेको उहाँको भनाई छ । संक्रमित व्यक्तिलाई भने सदरमुकाम स्थित आइसोलेसनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology