गोरखा २१, भदौ । गोरखा अस्पतालका उपचारका क्रममा मृत्यु भएकी कोरोना संक्रमित महिलाको दरौदी नदी र लुदी खोलाको दोभानमा अन्येष्टी गरिएको छ । उनको सैनिक सन्मान सहित अन्त्येस्टी गरिएको नेपाली सेनाले जनाएको छ । दिउँसो २ बजेर ३४ मिनेटमा गोरखा नगरपालिका वडा नम्बर १२ मा शव व्यवस्थापन गरिएको हो ।
नेपाल सरकारबाट जारी कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधी २०७६ बमोजिम अन्येष्टीका लागि परम्परागत रुपमा प्रयोग हुुदै आएको क्षेत्रमा मृतक महिलाको शव व्यवस्थापन गर्ने निर्णय भएको थियो ।
शव ब्यबस्थापनको नेपाली सेनाले गरेको थियो भने बाहिरी घेराको सुरक्षाको जिम्मा नेपाल प्रहरी तथा संसस्त्र प्रहरीलाई दिएको थियो । यद्यपि यो पटक शव ब्यबस्थापनमा स्थानीयको अबरोध नभएपछि सजिलो भएको थियो ।