गोरखा २१, भदौ । गोरखामा आइतबार (आज) थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको पालुङटार नगरपालिका–१० का ३८ पुरुष र आरुघाट गाउँपालिका–६ का २८ पुरुषमा कोरोना संंक्रमणको पुष्टी भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालय जारी गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
संक्रमित आरुघाटका युवाको कन्ट्रयाक्ट ट्रेसिङमा स्वाब लिएर परीक्षण लागि पठाइएको व्यक्ति हुनभने पालुङटारका संक्रमित पुरुष केही समय अघि चितवनबाट फर्किएर होमक्वारेन्टिनमा बस्दै आएको व्यक्ति भएको खुलेको छ ।
उहाँहरु दुवैको गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परीक्षण गरिएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।