Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पतालमा हिजो मृत्यु भएकी महिलामा कोरोना पुष्टी


1.8K
Shares

गोरखा अस्पतालमा हिजो मृत्यु भएकी महिलामा कोरोना पुष्टी

गोरखा २१, भदौ । गोरखा अस्पतालमा शनिबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टी छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको कोरोना परीक्षणका क्रममा मृतक महिलामा कोरोना पुष्टी भएको हो । मृतक महिलाको परिवारमा शुक्रबार कोरोना पुष्टी भएपछि उनको स्वांब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।

गोरखा अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेकी महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । गोरखा नगरपालिका–७ की ७५ बर्षिय महिलाको मत्यु भएपछि हिजो अस्पतालको आकस्मिक कक्ष केही घण्टा सिल समेत गरिएको थियो ।

चितवनको भरतपुर अस्पतालमा केही साता अघि उपचार गरिएकी फर्किएकी महिलाको परिवारका ३ सदस्यमा कोरोना पुष्टी भएपछि उहाँको पनि स्वाब संकलन गरि स्वाब कोरोना परीक्षण लागि पठाइको थियो । कोरोना पुष्टी भएकी मृतक महिलको शव अन्येत्टी नेपाली सेनाले गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology