Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एम्बाप्पेले गोलले नेसन्स लिगमा फ्रान्सको विजयी शुरूवात


2.1K
Shares

एम्बाप्पेले गोलले नेसन्स लिगमा फ्रान्सको विजयी शुरूवात

एजेन्सी २१ भदौं । स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गर्दा फ्रान्सले यूईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा गएराति भएको खेलमा पाहुना टोली फ्रान्सको जितमा एमबाप्पेले गरेको एक गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको शुरुवातमा घरेलु टोली स्वीडेनले दवावमा राखे पनि फ्रान्सको रक्षापङ्ति तोड्न सकेन । खेलको ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट १–० को अग्रता लिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र फ्रान्सले १–० को जित निकाल्यो ।

यससँगै समूह ‘ए’ –३ मा ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ । समान ३ अंक जोडेको पोर्चुगल गोलअन्तरका आधारमा समूहको पहिलो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology