Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आफ्नै देशको सेनालाई अमेरिकी राष्ट्रपति ट्रम्पले हरुवा भनेपछि..


1.8K
Shares

आफ्नै देशको सेनालाई अमेरिकी राष्ट्रपति ट्रम्पले हरुवा भनेपछि..

बीबीसी २१, भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका लागि ज्यान आहुती दिने सेनालाई ‘हरुवा’ भन्ने शब्द प्रयोग गरेको एक रिपोर्ट सार्वजनिक भएपछि उहाँको अमेरिकाभर व्यापक आलोचना भइरहेको छ। सुरुवातमा एटलान्टिक म्यागेजिनले ट्रम्पले मृत अमेरिकी सेनालाई अनादर गरेको र हरुवा भनेको बताएको थियो।

त्यसपछि एसोसिएटेड प्रेस एपी र फक्स न्युजजस्ता चर्चित संचारमाध्यमले पनि एटलान्टिक म्यागेजिनलाई उदृत गर्दै यस विषयमा समाचार बनाएका थिए। यससँगै अमेरिकाभर ट्रम्पको आलोचना भइरहेको छ। यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सेनालाई कहिल्यै हरुवा नभनेको र यो विषय ठूलो झुट भएको दावी गर्दै आउनु भएको छ।

अमेरिकी पूर्व सेनाको समूहले पनि ट्रम्पलाई तिखो शब्दमा गाली गरिरहेका छन्। सन् २०१८ मा जब ट्रम्पले पेरिस भ्रमणको तालिकालाई स्थगित गरेका थिए त्यसबेला ट्रम्पले अमेरिकाका मृत सेनालाई हरुवा भनेको द एटलान्टिकको दाबी छ।क्त म्यागेजिनले ट्रम्पले अमेरिकी युद्धमा मारिएका अमेरिकी सेनालाई श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रममा अनुपस्थित हुनुको कारण पनि बताएको छ। म्यागेजिनमा पानी परिरहेको समयमा कपाल बिग्रने भएकाले ट्रम्पले पेरिस भ्रमण स्थगित गरेको बताइएको छ।

पहिलो विश्वयुद्धमा बेलिउ वुड भन्ने स्थानमा जर्मनी र अमेरिकी सेनाबीच भिडन्त हुँदा १८ सय अमेरिकी सेनाको ज्यान गएको थियो। यी सबै मृत सेनाको सम्मान र इज्जतमाथि ट्रम्पले धावा बोलेको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो। बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology