Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कोरोना बिरुद्ध अग्रमेर्चामा रहेर काम गर्ने संघसंस्थालाई १५ सय थान मास्क बितरण


9.7K
Shares

गोरखामा कोरोना बिरुद्ध अग्रमेर्चामा रहेर काम गर्ने संघसंस्थालाई १५ सय थान मास्क बितरण

गोरखा २० भदौं ।  गोरखामा कोभिड १९ को सम्भावित संक्रमणको जोखिमबाट सुरक्षित रहन भन्दै अग्रमेर्चामा रहेका काम गर्ने बिभिन्न संघसस्थालाई १५ सय थान मास्क प्रदान गरिएकोे छ । जिल्ला समन्वय समिति मार्फत जिल्ला भित्रका सुरक्षाकर्मी, पत्रकार लगायत अग्रपत्तिंmमा रहेर काम गर्नेहरुका लागि विभिन्न संघ संस्थाले स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालले १००० थान सर्जिकल मास्क र भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले ५ सय थान सर्जिकल मास्क र २ लिटर स्यानिटाईजर जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ मार्फत हस्तान्तरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखा, नेपाली सेनाको रणसिंह दल गण र शसस्त्र प्रहरी वललाई ४/४ सय थान मास्क एवम् स्यानिटाईजर ५००/५०० मिलिलिटर तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई सर्जिकल मास्क १०० थान जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले हस्तान्तरण गर्नु भएको हो ।

नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटा र गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक मन कुमार राईले उक्त कोभिड–१९ बाट सुरक्षित रहने स्वास्थ्य सामग्री प्रमुख गुरुङलाई हस्तान्त्रण गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology