Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा


1.2K
Shares

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा

काठमाण्डौ १९, भदौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओली समक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।

अर्थमन्त्री खतिवडालाई बौद्धिक अर्थमन्त्रीको रुपमा लिइएको भएपनि अर्थमन्त्रालय सम्हालेपछि उहाँले ल्याएका बजेट नीति तथा कार्यक्रममा भने चर्को आलोचना हुदै आएको थियो । प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा हेरिने खतिवडालाई हेरिने गरेको थियो ।

प्रधानमन्त्री ओलीले तत्कालिन सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटलाई भष्ट्राचारको आरोप लागेर राजिनामा दिएपछि उहाँले सम्हाल्दै आउनु भएको सूचना तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी पनि खतिवडालाई नै दिनुभएको थियो ।

खतिवडाको राजीनामा संगै अर्थमन्त्रीमा वामदेव गौतम, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, भीम रावललगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology