Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखनले सुरु गर्यो शिक्षकहरुको लागि अनलाईन तालिम


5.3K
Shares

शहिद लखनले सुरु गर्यो शिक्षकहरुको लागि अनलाईन तालिम

गोरखा १८ भदौ ।
शहिद लखन गाउँपालिकाले शिक्षकरुको लागि अनलाईन तालिम सुरु गरेको छ । कोरोना महामारीको कारण तत्काल विद्यालय खुल्ने सम्भावना कम रहेको भन्दै शिक्षकहरुलाई बैकल्पिक सिकाई सहजिकरण सहजताको लागि अनलाईन तालिम सुरु गरिएको हो ।  १० दिनसम्म सञ्चालन हुने तालिम शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बावु थापाले उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा बोल्दै थापाले कोरोना महामारीको कारण हुने शैक्षिक क्षतिको न्युनीकरणको प्रयास स्वरुप तालिमको आयोजना गरिएको र आगामी दिनमा थप तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो ।
प्रविधिमैत्री शिक्षक समाज गोरखासँगको सहकार्यमा सुरु गरिएको तालिममा तालिम सहजिकरणको लागि सहजकर्ता प्रविधिमैत्री शिक्षक समाजले उपलब्ध गराएको छ । पालिकाले आयोजना गरेको तालिमले शिक्षकलाई कोरोना महामारीको समयमा र महामारी पछि पनि शिक्षण सिकाई कार्यमा सहजता ल्याउने प्रविधिमैत्री शिक्षक समाज, गण्डकी प्रदेशका प्रदेश प्राविधक तथा भगवती हिमालय मा.वि का शिक्षक अनुप बावु श्रेष्ठले बताउनुभयो ।
तालिममा शहिद लखन गाउँपालिका भित्रका २७५ जना शिक्षकहरुको सहभागिता रहेको छ । साविक स्रोतकेन्द्रको आधारमा विहान र बेलुका २ सिफ्टमा तालिम सञ्चालन गरिएको छ । साविक मनकामना स्रोत केन्द्र अन्तर्गत बक्राङ्ग, मनकामना र ताक्लुङ्गका शिक्षकहरुलाई बिहान र साविक नाम्जुङ्ग स्रोत केन्द्र अन्तर्गत घैरुङ्ग, नाम्जुङ्ग र बुंकोटका शिक्षकहरुलाई बेलुकिको सत्रमा तालिम सञ्चालन गरिएको शहिद लखन गा पा का शिक्षा प्रमुख राजेन्द्र खनालले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology