Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा चेकजाच अघि ट्राफिक प्रहरीले किन गर्छ चालकलाई नमस्कार !


4K
Shares

गोरखामा चेकजाच अघि ट्राफिक प्रहरीले किन गर्छ चालकलाई नमस्कार !

गोरखा १८, भदौं ।    जिल्ला ट्राफिक प्रहरी कार्यालयले गोरखाले सवारी चेकजाँचमा क्रममा चालकहरुलाई नमस्ते अभियान शुरु गरेको छ । ट्राफिक प्रहरीले आजदेखी सवारी चेक जाँचका गर्दा चालकलाई नमस्ते गरेर मात्र सोधपुछ गर्ने शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

‘चालकलाई ट्राफिक प्रहरीले गर्ने व्यबहार नराम्रो भयो भन्ने आलोचना हुने गरेको छ, उहाँले भन्नुभयो अब ट्राफिक प्रहरीले चालकलाई रोक्छ नमस्ते गर्छ अनि मात्र अबस्यक कागज पत्र चेक जाँच गर्छ ।’ प्रमुख ढकालले ट्राफिक प्रहरीले शुरु गरेको यो अभियानले सवारी चालक र ट्राफिक प्रहरी बिचको सम्बन्ध सुमधुर हुने बताउनु भयो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सन्चालन गरेको अभियान अन्तरगत  गोरखामा पनि शुरु गरिएको जानकारी दिनु भयो ।

देखिन हिसावले सवैलाई जानकारी होस् भन्ने हिसावले कार्यक्रम नै गरेर अभियान थालेको उहाँले बताउनुभयो । कतिपय अबस्थामा ट्राफिक प्रहरीको बोलीबचन राम्रो हुदैन सभ्य हुदैन भन्ने पनि गरिएको छ, प्रमुख ढकालले भन्नुभयो, नमस्ते गरेर चेकजाँच शुरु गरेपछि ति समस्या हुदैन भन्ने लाग्छ । उहाँले अबदेखि सवारी चालकले सवारी साधनलाई रोकेपछि नमस्ते गरेर सोधपुछ र चेकजाँच अघि बढाउने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology