गोरखा १७, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा नगर स्तरीय कोभिड १९ व्यवस्थापन तथा सचेतना समितिले नगरपालिका भित्रका क्वारेन्टाइन आइसोलेसन तथा हेल्डिङ सेन्टरको स्थलगत अनुमगन गरेको छ ।
समितिले कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रणका लागि नगरपालिका भित्र निर्माण भएका संरचनाको अबस्था बुझ्न स्थलगत अनुगमन गरेको अनुगमन समितिका संयोजक समेत रहनु भएका नेकपाका नगरपार्टी सचिव कृष्ण रानामगरले जानकारी दिनुभयो ।
समिति गोरखा नगरपालिका–९ मा स्थित बहिरा आवासिय बिधालयमा रहेको क्वारेन्टिन, गोरखा नगरपालिका–१३ देउरालीमा स्थित रवरउद्योग हाताभित्र रहेको होल्डिङ सेन्टर र गोरखा क्याम्पसमा रहेको आइसोलेसनको अनुगमन गरेको उहाँले जानकारी दिनुभयो ।