गोरखा १७, भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा गोरखामा बुधबार थप एकजनामा कोरोना संक्रमण भेटिएको जनाएपनि ति व्यक्ति यस अघि नै संक्रमणको पुष्टी भईसकेका व्यक्ति रहेको पाइएको छ ।
मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा गोरखामा आज थप एक जनाका कोरोना संक्रमण पुष्टी भएको जनाएको थियो । मन्त्रालयले संक्रमण पुष्टि भएका भनिएको व्यक्ति यसअघि नै गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आइसोलेसनमा उपचाररत उनको पुनः परीक्षणका लागि स्वांब संकलन गरि पठाइएको दोस्रो पटक पनि संक्रमण देखिएका व्यक्ति रहेको पाइएको छ ।