फाइल फोटो
गोरखा १७, भदौं । तनहुँको आबुँखैरेनी स्थित ऐना पहरा नजिक मस्याङ्दी नदीमा गाडी खसेको छ । बुधबार बिहान नदीमा खसेको हुनसक्ने अनुमान गरिएको छ । कुन नम्बरको गाडी कहाँबाट कता जादै थियो भन्ने सम्मको अनुमान गर्न नसकिएको प्रहरीले जनाएको छ ।
गाडी यात्रुबाहक हो वा ट्रक हो भन्नेबारेमा छुट्याउन नसिकएको प्रहरीको भनाई छ । नदीमा खसेको गाडीको उद्धारका लागि अहिले गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी नै रहेको छ ।
लक डाउनका बेला अन्य सवारी साधन कम गु्ड्ने भएकाले नदीमा खसेको गाडी ट्रक भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।