गोरखा १६, भदौं । तनहुँको आबुँखैरेनी गाउँपालिका–३ आबुँखैरेनी बजारका एक जीप चालकमा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्देश क्षयरोग उपचार केन्द्र पोरखामा गरिउको पिसिआर परीक्षणका क्रममा स्थानीय २९ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।
भाडाको जीप चलाउदै आएकाले कोरोनाको उच्च जोखिम हुनसक्ने भन्दै गाउँपालिकाले उनको स्वांब संकलन गरि परीक्षणका लागि पठाएको थियो । जीप चालकलाई नै संक्रमणको पुष्टी भएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङको तयारी भइरहेको गाउँपालिको जनाएको छ ।