गोरखा १६, भदौं । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले आफुहरुको माग पुरा नभएको भन्दै आज अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका जलाएका छन् । क्याम्पस प्राङगढमै आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको निर्देशिका जलाएका हुन् ।
‘त्रिविले जारी गरेको निर्देशिकाले हाम्रो मागलाई सम्बोधन गरेन,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भन्नुभयो, ‘त्यसकै विरोधमा आज हामीले निर्देशिका जलाएका हौ ।’ आशिंक प्राध्यापकहरुले आफ्ना माग पूरा गर्न दबाब दिँदै यसअघि गोरखा क्याम्पस प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालावन्दी गरेका थिए । धर्ना कार्यक्रम यथावत रहेको सुवेदीले जानकारी दिनुभयो ।
हाल गोरखा क्याम्पसमा आशिंक प्राध्यापकको रुपमा २३ जना कार्यरत रहेका छन् । उनिहरुले आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै लामो समयदेखि चरणबद्ध बिरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।