Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा भई काठमाण्डौमा रहेका ६ जनामा आज कोरोना संक्रमण पुष्टी


6.4K
Shares

गोरखा भई काठमाण्डौमा रहेका ६ जनामा आज कोरोना संक्रमण पुष्टी

गोरखा १६, भदौ ।  गोरखा जिल्ला घर भई काठमाण्डौमा रहेका ६ जनामा आज कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमित सवै गोरखा घर भएपनि काठमाण्डौमा रaहेको पाइएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो । संक्रमित ५ जना नेपाली सेनाकाहरु रहेको पाइएको उहाँको भनाई छ ।

अर्का संक्रमित एक व्यक्ति भने गोरखा घर भएपनि गएको एक बर्षदेखि गोरखा नआएका व्यक्ति रहेको पुष्टी भएको छ । उनले काठमाण्डौ सानेपा स्थित स्टार हस्पिटलमा पिसिआर परीक्षण गराएको पाइएको छ । गोरखा जिल्ला भित्रै रहेकाहरु भने कसैमा पनि (आज) कोरोना संक्रमण भेटिएको छैन ।

मन्त्रालयले गोरखाका ८ जनामा आज कोरोना पुष्टी भएको जनाएको भएपनि ६ जना काठमाण्डौमै बस्नेहरु रहेका र बाँकी २ जना यस हिजो नै संक्रमणको पुष्टी भई आइसोलेनमा ल्याइएकाहरु रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology