गोरखा १६, भदौ । चितवनको इच्छाकामना गाउँपालिका -३ फिस्लिङ नजिकै बिरामी बोकेर काठमाडौ जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदिमा खसेको छ। आज बिहान अन्दाजी ५:१५ बजेतिर बा ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको हो । दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेहरुमा एम्बुलेन्स चालक जि.झापा गौरीगन्जगा.पा. १ बस्ने बर्ष २८ को सरोज दाहाल, सर्लाही बरहथवा न.पा. २ बस्ने बर्ष ५० की दिल मांया राना मगर, सोही स्थानका बर्ष १५ की बाधे राना मगर, बर्ष २६ की मेक कुमारी राना मगर र बर्ष ३४ को नर बहादुर मगर रहेका छन ।
घाइते ५ जना मध्य १ जना बाधे राना मगर गम्भीर घाइते रहेको र अरु मध्यम घाइते भएको प्रहरिके बताएको छ। यस्तै घाइतेको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ।