गोरखा १५, भदौं । गोरखा संक्रमित कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित गोरखा जिल्ला स्तरीयर कमाण्ड पोष्टको बैठकले गोरखा नगरपालिका भित्र सिल्ड भएको वडामा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
नगरपालिका भित्र कोरोना संक्रमितको संख्या धेरै देखिएपछि सरोकारवालाको बैठकले गोरखा नगरपालिका वडा नम्बर १०, ११, १२, १३ र १४ मा सुरक्षाकर्मी परिचालन गर्न निर्णय गरेको हो ।
ति वडामा कन्ट्याक्ट ट्रेसिङ बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्क रोकाले जानकारी दिनुभयो । यस्तै बैठकले कोभिड १९ को संक्रमण थप फैलन नदिन जिल्लाको अवस्था समान्य राख्न सबै पक्षसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।