गोरखा १५, भदौं । गोरखाकी एक महिलाको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका घर भएकी ६५ बर्षिय महिलाको उपचारको क्रममा काठमाण्डौमा ज्यान गएकोे पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।
मृतक महिला गोरखाबाट काठमाण्डौ २ महिना अघि नै गएको उहाँले बताउनुभयो । छोरा नेपाली सेनाका जागिरे भएकाले मृतक महिलालाई उपचारका लागि सेनाको छाउनी स्थित नेपाली सेनाको हस्पीटलमा भर्ना गरिएको थियो ।