Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा चोरी मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ


3.1K
Shares

गोरखामा चोरी मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ

गोरखा १४, भदौं । जिल्ला अदातल गोरखाले सजाय फैसला सुनाएपछि फरार रहेका २ प्रतिबादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको बिशष टोलीले जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–८ का मनबहादुर गुरुङ र गोरखा नगरपालिका–८ का दिपेश मजाकोटीलाई पक्राउ गरेको हो ।

पक्राउ परेको दुवै प्रतिबादीलाई चोरी मुद्धामा सजाय तोकिएको थियो । पक्राउ परेका गुरुङलाई अदालतले ८ हजार ५ सय रुपैया जरिवाना तोकेको थियो भने अर्का प्रतिबादी मजाकोटीलाई २ हजार ७ सय रुपैया जरिवाना तोकेको थियो ।

दुवै प्रतिबादीलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । यो संगै साउन यता गोरखा जिल्ला भित्र २३ जना फरार प्रतिबादीहरु पक्राउ परेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology